Events

घरदैलो सहकारी शिक्षा तथा बिस्तारित मञ्च कार्यक्रम बनेपा १० काँगल गाँउ, पुलबजार क्षेत्र

2025-01-11

बनेपा १० काँगल गाँउ, पुलबजार क्षेत्र

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले पौष २७ गते शनिबार बनेपा १०, काँगल गाँउ, पुलबजार क्षेत्रमा घरदैलो सहकारी शिक्षा तथा बिस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको समुह बचत उप समिति संयोजक श्री सुरेन्द्र प्रजापतीको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा सो स्थानका ४७ जना सदस्य तथा सम्भावीत सदस्यहरुको सहभागीतामा रहेको थियो । कार्यक्रम आयोजन गर्नका लागी संस्थाका सदस्य श्री उद्धब खत्री क्षेत्रीले स्थानिय तर्फबाट सहयोग गर्नु भएको थियो । सहकारीका उदेश्य, आवश्यकता, बचत तथा ऋणको महत्व तथा प्रयोग, चण्डेश्वरी साकोसका सेवाहरु आदिका बारेमा सहभागीता मुलक छलफल भई कार्यक्रम संचालन भएको थियो ।